शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मेक्सिकोमा प्रत्येक दिन सात महिलाको हिंसाजन्य क्रियाकलापबाट मृत्यु

बुधबार, ०९ मङ्सिर २०७२, १५ : १५
बुधबार, ०९ मङ्सिर २०७२
मेक्सिको सिटी–मेक्सिकोको ‘नेसनल इन्स्टिच्युट अफ स्टाटिस्टिक्स एण्ड जिओग्राफि (आइएनइजिआइ) द्वारा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा सन् २०१३ र २०१४ को अवधिमा मेक्सिकोमा महिला विरुद्धको हिंसा बढेको देखिएको थियो । सो संस्थाले गरेको अनुसन्धानबाट त्यहाँ प्रत्येक दिन औषत सात महिलाको विभिन्न हिंसाजन्य क्रियाकलापबाट मृत्यु हुने गरेको पाइएको थियो । आइएनइजिआइले सो तथ्याङ्क सोमबार सार्वजनिक गरेको छ । बिशेषगरी त्यस देशमा महिलाको हत्या र आत्महत्या हुने गरेको पनि पाइएको छ । यस ल्याटिन अमेरिकी देशमा सन् २००० देखि २०१४ को बीचमा २ लाख ३५ हजार घरेलु हिंसा वा हत्याका घटना दर्ता भएकोमा यस अवधिमा ११।२ प्रतिशत महिलाको हत्या भएको पाइएको समेत जनाइएको छ । मेक्सिकोमा हालका दिनहरुमा महिलाहरुको विषेशगरी हत्या हुने र आत्महत्या पनि त्यत्तिकै हुने गरेको तथ्य पनि आइएनइजिआइद्वारा तयार गरिएको सो प्रतिवेदनले जानकारी दिएको छ । साथै सन् २०११ मा मेक्सिकोमा गरिएको एक अध्ययनमा प्रति १० मध्ये छ जना महिलाले कुनै न कुनै प्रकारको हिंसा भोग्न बाध्य हुनुपरेको पनि पाइएको थियो । यस्तो हिंसा भोग्नुपरेका महिलाको उमेर १५ वर्ष वा सोभन्दा बढी रहेको पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप