शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पार्टी बहिष्कारसम्म गर्ने चेतावनी

बुधबार, ०९ मङ्सिर २०७२, २१ : ००
बुधबार, ०९ मङ्सिर २०७२
सिरहा–सत्तारुढ दल नेकपा एमाले सिरहा २ नं. क्षेत्रीय कमिटिले मधेशी जनाताका माग तत्काल पूरा नगरे पार्टी बहिष्कारसम्म गर्ने चेतावनी दिएको छ । क्षेत्रीय कमिटिले सिरहाको लहानमा आज अपरान्ह पत्रकार सम्मेलनमार्फत् मधेशी जनताको सहभागितामा एक सयभन्दा बढी दिनदेखि आन्दोलन भइरहँदा समेत पार्टीको नेतृत्वमा रहेको सरकारले माग पूरा गर्न बेवास्ता गरिरहेको आरोप लगाउँदै अब पनि माग पूरा नगरे पाटी बहिष्कार गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) सगरमाथा अञ्चल समन्वय कमिटिका पूर्व सदस्य सत्यनारायण यादवले मधेशप्रति अनुदार पार्टी नेतृत्वले यस्तै हर्कत कायम राखे सिरहा जिल्ला मात्र होइन, सिङ्गो २ नं. प्रदेश अन्तर्गतका पार्टी कमिटिहरुले पार्टी बहिष्कार गर्ने चेतावनी दिएका हुन । पत्रकार सम्म्ेलनमा वितरित प्रेस विज्ञप्तिमा झापादेखि कञ्चनपुरसम्म दुई स्वायत्त मधेश प्रदेश कायम गरिनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको घोषणा, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था, मधेशवादी दलसँग भएका २२ र ८ बुँदे सम्झौताको कार्यान्वन गरिनुपर्ने माग गरिएको छ । विज्ञप्तिमा आन्दोलनको कारणले उद्योग कलकारखाना, शिक्षण संस्था ठप्प भई जनताको दैनिकी कष्टकर बनेको भएपनि सरकार मौन बसेको जनाउँदै मल खाद, बिउविन, डिजलको अभावले किसानहरु बढी मर्कामा परेकाले तत्काल समस्या समाधान गर्न माग गरिएको छ । प्रेस विज्ञप्तिमा मधेशमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी हुने जनाइएको छ । पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय प्रतिनिधि सदस्य रामबाबु यादव, क्षेत्रीय कमिटिका अध्यक्ष केदारनाथ यादव, सिरहा जिल्ला कमिटिका उपसचिव अशोक यादव लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप