शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच सह–सचिवको सरुवा

बिहीबार, १० मङ्सिर २०७२, १४ : ००
बिहीबार, १० मङ्सिर २०७२
काठमाडौं– सरकारले विभिन्न मन्त्रालयका पाँच जना सह–सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सामान्य प्रशासन मन्त्रालयका सहसचिवद्वय चक्रराज बुढा, ऋषि शर्मा र रामकृष्ण सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यस्तै, पर्यटन मन्त्रालयका सहसचिव कमल भट्टराइलाई सामान्य मन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयका डण्डूराज घिमिरेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । सरुवा भएका सहसचिवको नामावली : 1.चक्रराज बुढा– गृह मन्त्रालय 2.ऋषि शर्मा– गृह मन्त्रालय 3.रामकृष्ण सुवेदी– गृह मन्त्रालय 4.कमल भट्टराई– सामान्य प्रशासन 5.दण्डू घिमिरे– पर्यटन मन्त्रालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप