भण्टाबारी घटनाको छानबिन गरी कारवाही गर्न युवा संघ नेपालको सरकारसँग माग
बिहीबार, १० मङ्सिर २०७२, १४ : ११
बारा–नेकपा एमाले निकटको युवा संघ नेपाल बाराले नेपालको सुनसरी जिल्लामा हतियारसहित प्रवेश गरी बुधबार बिहानको समयमा गोली चलाउने भारतीय सीमा सुरक्षा बल एसएसबीको कार्यको घोरभत्र्सना गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमै छानबिन गरी कारवाही पक्रिया अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गरेका छ ।
बिहिबार युवा संघ नेपाल बाराका प्रचार बिभाग प्रमुख अनिता साहले जारी गरेको एक विज्ञप्तीमा यस्तो माग गरिएको छ । एसएसबीको गोली लागि घाईते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोधसमेत गरिएको छ ।
सिमावर्ती जिल्ला सुनसरीको हरिपुरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले हतियारसहित प्रबेश गरि गोली चलाएको थियो । एसएसबीको गोली लागि स्थानीय चार जना युवाहरु घाईते भएका छन् ।
स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव एसएसबीको गोली प्रहारबाट घाईते भएका छन् । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण