मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भिर घाइते
बिहीबार, १० मङ्सिर २०७२, १४ : ३२
सिरहा–सिरहामा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा–६ बगहामा आज (विहीबार) बिहान पश्चिमबाट पुर्वतर्फ गईरहेको ज५प ६५६० नम्बरको मोटरसाइल र विपरित दिशाबाट आइरहेको ज६प ६८८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुर्घटना भएको छ ।
दुर्घटनामा परि ज५प ६५६० नम्बरको मोटरसाइकलको चालक धनुषा पुरनदाहा–३ बस्ने २२ वर्षीय पप्पु यादवको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ज६प ६८८० नम्बरको मोटरसाइकलको चालक बगहा बस्ने ५० वर्षीय सरयुग महतो गम्भिर घाइते भएका छन् ।
गम्भिर घाइते महतोको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको प्रहरीले बताए । यता, मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण