शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वतन्त्र मधेसको माग गर्दै नाराबाजी गर्ने सिके राउतका २५ कार्यकर्ता पक्राउ

बिहीबार, १० मङ्सिर २०७२, १८ : ४५
बिहीबार, १० मङ्सिर २०७२
रौतहट– स्वतन्त्र मधेस गठबन्धनले गर्न लागेको कार्यक्रममा सहभागी हुन आएका सिके राउतका २५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । छुट्टै राज्यको माग गर्दै नाराबाजी गरेपछि मधेस अभियन्ता डा. सिके राउतका कार्यकर्तालाई बिहीबार प्रहरीले सदरमुकाम गौरबाट पक्राउ गरेको हो । उनीहरु बिपी चोकबाट नाराबाजी गर्दै क्रान्तिद्वाचोकतर्फ बढेका थिए । पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक कुमार सिंह र राष्ट्रिय परिषद् सदस्य विरेन्द्र शाहसहित २५ जना रहेका छन् । रौतहटका जिल्ला प्रवक्ता डिएपी राजेन्द्र पोखरेलका अनुसार पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखेर छानबिन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप