जयरामघाटमा बेलिब्रिज राखियो, खोटाङ–काठमाडौँ यातायात सेवा सुरु
सोमबार, १४ मङ्सिर २०७२, १० : ३४
खोटाङ– खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । वर्षाका कारण गत जेठमा झिकिएको अस्थायी बेलिब्रिज आजबाट पुनः सञ्चालनमा ल्याइएको हो ।
अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै खोटाङको सदरमुकाम दिक्तेलबाट राजधानी काठमाडौँलगायत तराईका विभिन्न जिल्लाका लागि सिधा यातायात सेवा सुरु भएको छ ।
बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट दैनिक तीनवटा बस काठमाडौँका लागि छुट्ने गरेको यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताए ।
जयरामघाटमा बेलिब्रिज सञ्चालनमा आएपछि जिल्लाबाट सहर जानआउन तथा दैनिक उपभोग्यवस्तु ओसार÷पसार गर्न सहज भएको उद्योग वाणिज्य सङ्घ, खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रिज वर्षा लागेपछि झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ ।
जयरामघाटमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापर्बाहीका कारण समयमा सम्पन्न हुन नसकेपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । पुल निर्माणको ठेक्का लिएका हुलास इन्जिनियरिङ र कालिका कन्स्ट्रक्सनको आपसी कलहका कारण निर्माण कार्य अलपत्र परेको हो ।
विसं २०६६ भदौबाट निर्माण कार्य थालिएको जयरामघाटको पक्की पुल अझै सकिएको छैन । उक्त पुलका लागि हालसम्म पिल्लर हाल्ने काममात्र भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण