‘फेसबुक’ अभियानबाट मृतकको परिवारलाई तीन लाख सहयोग
सोमबार, १४ मङ्सिर २०७२, १० : ४०
म्याग्दी–विदेशमा दिवङ्गत भएका म्याग्दीका एक युवाको परिवारलाई आर्थिक सहयोग जुटाउन ‘फेसबुक’ मार्फत अभियान सञ्चालन गरिएको छ ।
भगवती– ९ का कमल भण्डारीको परिवारका लागि ‘फेसबुक’ मार्फत सञ्चालन भएको अभियानबाट रु तीन लाख नौ हजार ९०८ जुटेको छ । कात्तिक १२ गते साउदीको रियादमा दुर्घटनामा परी दिवङ्गत भएका कमलको परिवारलाई सहयोग गर्न देश विदेशमा रहेका भगवतीवासीले अभियान सञ्चालन गरेका हुन् ।
‘फेसबुक’ अभियानमार्फत बेलायतमा रहेका भगवतीका अम्बरबहादुर र एकेन्द्रबहादुर भण्डारीको नेतृत्वमा सङ्कलित रु एक लाख ८७ हजार २७२ आइतबार स्वर्गीय भण्डारीकी श्रीमती मीनालाई हस्तान्तरण गरिएको छ ।
यसैगरी जापानमा रहेका सागर भण्डारीको नेतृत्वमा रु २० हजार, कोरियामा रहेका रमेश भण्डारीको पहलमा रु एक लाख २२ हजार ६०० र साउदीमा रहेका म्याग्देलीले रु १६ हजार सहयोग गरेका छन् ।
फेसबुकमार्फत भण्डारी परिवारको अवस्था र सहयोग जुटाउनुपर्ने कारण खुलाएर अपिल जारी गरिएको छ । यसैगरी सहयोगदाताको नामावली पनि फेसबुकमार्फत सार्वजनिक गर्ने व्यवस्था रहेको अभियन्ता गोविन्द भण्डारीले बताए।
उनका अनुसार घरमूली भण्डारीको मृत्युपछि कमजोर आर्थिक अवस्थामा रहेका परिवारका सदस्यहरु समस्यामा परेकाले सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो । दिवङ्गत भण्डारीको परिवारमा तीन वर्षीया छोरी दृष्टि, श्रीमती र दृष्टिविहीन आमा हुनुहुन्छ । छोरीको शिक्षा, पालनपोषण र घरपरिवारको राहतका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको हो ।
भण्डारी छ महिना अघि जेरी म्यानेजमेन्ट सर्भिस कुपण्डोलमार्फत साउदी पुगेका थिए । उनको शव अझै नेपाल आउन सकिएको छैन । शव घर ल्याउन सहयोग गरिदिन परिवारले सरकार र साउदीमा रहेका नेपाली दूतावाससँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण