गुल्मीका तीन विद्यालयलाई सामग्री हस्तान्तरण
सोमबार, १४ मङ्सिर २०७२, १० : ५५
गुल्मी– गुल्मीको एक ग्रामीण इलाकाअन्तर्गतको अर्लाङ्कोट गाविसका तीन विद्यालयलाई प्रोजेक्टर सामग्री हस्तान्तरण गरिएको छ ।
‘अर्लाङ्कोट सेवा समाज जापान’ले गाविसको वडा नं १ मा रहेको सरस्वती निम्न माध्यमिक विद्यालय, वडा नं ५ को सीतापुर उच्च माध्यमिक विद्यालय र वडा नं ७ को ददल्का माध्यमिक विद्यालयलाई प्रतिविद्यालय करिब रु ६० हजार बराबरको एक,एक सेट प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
गाविसमा अर्लाङ्कोट सेवा समाज जापानको यो पहिलो सहयोग भएकाले अब आगामी दिनमा छुटेका अन्य विद्यालयलाई पनि प्रोजेक्टर सामग्री वितरण गर्ने योजना रहेको स्थानीय समाजसेवी कालीदास खरेलले जानकारी दिए ।
उक्त रकम अर्लाङ्कोट सेवा समाज जापानका अध्यक्ष टीकाराम खरेलको पहलमा सोही गाविसका हाल जापानमा कार्यरत नेपालीबाट सङ्कलन गरी सहयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण