शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इलाममा तीन वर्षमा छ हजार करदाता थपिए

सोमबार, १४ मङ्सिर २०७२, १२ : २७
सोमबार, १४ मङ्सिर २०७२
इलाम– जिल्लामा तीन वर्षको अवधिमा छ हजार करदाता थपिएका छन् । सेवाग्राहीलाई जिल्लामै सेवा पु¥याउने उद्देश्यले २०६९ साल वैशाखमा स्थापना गरिएको करदाता सेवा कार्यालयमा छ हजार करदाता थपिएका हुन् । कार्यालय प्रमुख अनमोल दाहालका अनुसार कार्यालय स्थापना हुँदा दुई हजार ८०० करदाता रहेकामा अहिले करदाता नौ हजार पुगिसकेका छन् । चालु आवको चार महिनाको अवधिमा कार्यालयले रु पाँच करोड राजस्व सङ्कलन गरिसकेको जनाएको छ । गत वर्ष रु १३ करोड राजस्व सङ्कलन गरेको यस कार्यालयले नाकाबन्दीका कारण राजस्व सङ्कलन कार्य प्रभावित हुने जनाएको छ । कर सप्ताहको अवसरमा कार्यालयले जिल्लाका विभिन्न स्थानमा प्रचारप्रसार र कर शिक्षा सञ्चालन गरेको समेत प्रमुख दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप