मोरङमा ५० हजार लिटर डिजेल वितरण गरिने
सोमबार, १४ मङ्सिर २०७२, १२ : ३७
विराटनगर–मोरङका किसान परिवारबीच खेत खनजोत गर्न र बाली तयार पार्नका लागि पचास हजार लिटर डिजेल उपलब्ध गराइएको छ ।
कात्तिक महिनादेखि मध्य मङ्सिरसम्ममा सो परिमाणको डिजेल सम्बन्धित पेट्रोलपम्पबाट सिफारिसपत्रका आधारमा उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।
वास्तविक किसानलाई डिजेलको जोहो गर्न र कालोबजारी हुन नदिने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले जग्गाधनी प्रमाणपत्रको आधारमा डिजेलका लागि सिफारिस गर्ने गर्छन् । एक बिघा जग्गा भएका किसानलाई १० लिटर र पाँच बिघा जग्गा भएका किसानलाई एकपटकका लागि ५० लिटरसम्म उपलब्ध गराउनका लागि सिफारिस गर्ने गरिएको सो कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराए ।
जिल्ला कृषि विकास कार्यालयका साथै कटहरि, बेलबारी, उर्लाबारी र झोराहाट सेवा केन्द्रबाट सम्बन्धित क्षेत्रका किसानका लागि सिफारिसपत्रको व्यवस्था मिलाइएको छ । यस जिल्लाका किसानलाई धानबाली भित्र्याएपछि बालाबाट धान झार्नका लागि प्रयोग गरिने थ्रेसर मेसिन र गहुँबाली तयार गर्नका लागि ट्याक्टर चाहिने इन्धनका लागि किसानलाई समस्या हुन नदिन यस प्रकारको व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण