शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीजि टेलिभिजन च्यानलका प्रमुखको हत्या

सोमबार, १४ मङ्सिर २०७२, १२ : ५५
सोमबार, १४ मङ्सिर २०७२
काबुल– अफगानिस्तानको राजधानी काबुलमा रहेका नीजि टेलिभिजन च्यानलको एक संस्थाका प्रमुखको आइतबार राति हत्या भएको छ । उनलाई आइतबार राजधानी राजधानी काबुलबाट केही टाढ रहेको उनको निवास नजिकै गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमहरुको खबरमा बताइएको छ । अफगानिस्तानको नीजि टेलिभिजन च्यानल संस्था एसिया टेलिभिजन च्यानलका प्रमुखलाई आइतबार कार्ता इ नवा क्षेत्रमा हत्या गरिएको समाचार सोमबारका स्थानीय सञ्चारमाध्मयले जनाएका छन् । उक्त च्यानलका प्रबन्ध निर्देशक अमानुल्लाह आतीको आइतबार राति सो क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । सो हत्याको आधिकारिक जानकारी प्रहरीले दिएको छैन । सञ्चारमाध्यमहरुले उक्त हत्याको पुष्टि टिभीले नगरेका बताएका छन् । अफगानिस्तानमा करिब तीन दर्जन नीजि टेलिभिजन संस्थाहरु सञ्चालित छन् । यसअघि पनि त्यहाँ अज्ञात बन्दुकधारीहरुले पत्रकारको हत्या गर्ने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप