अदुवा निर्यात गर्न नपाउँदा कृषक मर्कामा
सोमबार, १४ मङ्सिर २०७२, १३ : २३
प्यूठान– जिल्लाको दक्षिणी क्षेत्रमा किसानले उत्पादन गरेको आर्गानिक अदुवा यसवर्ष भारत निर्यात गर्न नपाउँदा यहाँका सयौं कृषक मर्कामा परेका छन् ।
अन्य व्यवसाय छोडी व्यावसायिक अदुवा खेतीमा लागेका ढुङ्गेगढी, हङ्सपुर, बाङगेसाल, मर्काबाङ र तिराम गाविसका कृषकले उत्पादन गरेको अदुवाले बजार नपाउँदा बारिमै कुहिने अवस्था आएको छ ।
आर्गानिक रुपमा अदुवा उत्पादन गर्दैआएका २२० जना र रासायनिक मलको प्रयोग गरेर अदुवा उत्पादन गर्दै आएका यस क्षेत्रका ५०० कृषकले उत्पादन गरेको अदुवा भारत निकासी नहुँदा समस्यामा परेको ऐरावती बहुउद्देश्य साना किसान सहकारी संस्थाका अध्यक्ष चिन्तबहादुर शोमैले बताए ।
“यस क्षेत्रमा उत्पादित अदुवामध्ये ९० प्रतिशत भारतीय बजारमा निर्यात हुने गरेको थियो” उनले भने– “मधेस आन्दोलन र नाकाबन्दीका कारण यसपटक रोजिरोटी खोसिने चिन्ता कृषकलाई रहेको छ ।”
गतवर्ष मात्रै ८० टन अदुवा निर्यात गरेको ऐरावती बहुउद्देश्य साना किसान सहकारी संस्थाले यस पटक १०० टनसम्मको अदुवा भारतीय बजारसँगै कृष्णनगर, रुपेडियासँगै नवलपरासीलगायतका क्षेत्रमा निर्यात गर्ने लक्ष्य राखेको थियो । “सहकारीले अदुवा निर्यात गर्ने ठूलो लक्ष्य राखेसँगै स्थानीयवासीले अदुवा उत्पादनको परिमाणमा पनि वृद्धि गरेका थियौं,” स्थानीय अदुवा उत्पादक कृषक धनबहादुर थापाले भने– “निर्यात नहुँदा कृषक ठूलो समस्यामा परेका छौँ ।”
अन्य पेसा व्यवसाय छोडेर अदुवा उत्पादनमा लागेका कृषकको अदुवाले बजार नपाउँदा आफूहरुको दैनिकी चलाउनसमेत समस्या भएको अदुवा कृषक दानबहादुर मजगइँयाले दुखेसो रहेको छ । “अदुवा निर्यात गर्न नपाएमा आर्थिक समस्या बढ्ने चिन्ता छ” उनले भने–“छोराछोरीको पढाइदेखि सबै खर्च यसैबाट चलाउँदै आएको थिएँ । अब के गर्ने रु ।”
कृषि विकास कार्यालयका अनुसार गत वर्षको अवधिमा जिल्लामा रु १७ करोड भन्दा धेरैको अदुवा उत्पादन भएको थियो । एक वर्षको अवधिमा कुल दुई हजार ८७५ मेट्रिक टन अदुवा उत्पादन भएको कार्यालयका योजना अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।
जिल्लामा वार्षिक दुईसय २० हेक्टर क्षेत्रफलमा अदुवा उत्पादन हुदैँ आएको छ । उत्पादित अदुवामध्ये दुईसय २० मेट्रिक टन अदुवा गतवर्ष जिल्ला बाहिर निर्यात भएको थियो । जसबाट रु एक करोड ३२ लाख जिल्लाका कृषकले आम्दानी गरेका थिए ।
वार्षिक उत्पादनको दुई हजार ६५५ मेट्रिक टन अदुवा जिल्लामै खपत हुँदै आएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा खपत भएको अदुवाबाट रु १५ करोड ९३ लाख कृषकले आम्दानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण