आफ्नो बन्दरगाह नेपाललाई प्रयोग गर्न अनुमति दिन बंगलादेश तयार : बंगलादेशी राजदुत
काठमाडौं– नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट आवश्यक ईन्धन र ग्यासँ ल्याउने भए आफूहरु ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ नेपालको संकट बारे हामी जानकार छौ तर ईन्धन र एलपी ग्यासँ हामी आफै उत्पादन गर्दैनौ । हामी पनि उत्पादक मुलुकहरुबाट खरिद गर्छौ । त्यसैले नेपालले तेस्रो मुलुकबाट ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिन्छौ ।’
साक्षात्कारमा राजदुत साम्सले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको जानकारी दिदै नेपाल सरकारले हवाई ईन्धनको कारोवारको लागि आग्रह गरिसकेको र त्यसमा आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन् ।
नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै तत्काल मोटर भेईकल एग्रिमेन्ट गर्नु पर्ने आवश्यकता औल्याईन् । उनले बंगलादेश छिमेकीसँगको सम्बन्ध क्षेत्रीय रुपमै राम्रो बनाउन चाहना राखेको भन्दै सार्क मुलुकका राष्ट्रहरुवीचको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताईन् । उनले रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने भन्दै नेपालबाट बंगलादेश निर्यात गर्न २०८ बस्तुमा शुन्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने विश्वास ब्यक्त गरिन् । राजदुत साम्सले नेपाल र बंगलादेशको ब्यापार बर्षेनि १२ देखि १५ प्रतिसतले बढीरहेको भन्दै यो वर्ष बंगलादेशबाट नेपालमा ४० वटा बस्तुको आयात कारोवार भएको जानकारी दिईन् । सन् १९७१को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले नैतिक र भौतिक सहयोग गरेको स्मरण गर्दै बंगलादेशले पनि नेपालमा महाभुकम्पपछि तत्कालै खाद्यान्न, मेडिकल टिम, औषधीसहित १२ मिलियन डलरको सहयोग गरेको जानकारी दिईन् । नेपाल र बंगलादेशवीच ऐतिहासिक सम्बन्ध भएको उल्लेख गर्दै नेपालको ठमेलमा आएर बौद्ध धर्म प्रचार गरेका दिपंकर बंगलादेशको बिक्रम पुरमा जन्मेको बताईन । साम्सले बंगलादेश ससरकै पाँचौ धान उत्पादक , चौथो माछा उत्पादक र रेडिमेट गार्मेन्ट, छाला र ईलेक्ट्रोनिक बस्तुको उत्पादक भएकोले नेपालले बंगलादेशसँगको ब्यापारबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गरिन् । उनले नेपालको उर्जा विकासकोलागि साझेदारी गर्न बंगलादेश तयार रहेको भन्दै त्यससँगै जारी छात्रबृत्तिले कालान्तरमा दुई मुलुकका जनतावीचको सम्बन्धलाई अझै जनस्तरबाटै बलियो बनाउने विश्वास गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण