पेस्तोल देखाएर सुनको सिक्रीलगायत सरसामान लुटपाट
सोमबार, १४ मङ्सिर २०७२, १४ : ४४
महोत्तरी– लुटेराको एक समूहले महोत्तरीको बर्दिवासमा पेस्तोल देखाएर सुनको सिक्रीलगायतका सरसमान लुटपाट गरेको छ ।
गएराति बर्दिवास—जलेश्वर सडकखण्डअन्तर्गत बर्दिवास नगरपालिका–२ स्थित मसानघाटमा मोटरसाइकलमा आएका लुटेराको एक समूहले वलवा गाविस–५ का २२ वर्षीय रञ्जितकुमार यादवको साथबाट एक तोला सुन र ६ हजार बराबरको किरानाको समान लुटेर फरार भएका छन् ।
आइतबार साँझ ७ बजेको समयमा ज३प ४३४५ नम्बरको मोटरसाइकलमा चढी घरतर्फ गइरहेको समयमा एक्लै भएको मौका छोपी सो समूहले पेस्तोल देखाएर आफूसँग रहेको एक तोला सुन तथा किरानाका समान लुटिएको पीडित यादवले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण