विमानस्थललाई नाफा कमाउने थलोका रुपमा नहेरौं : मन्त्री पोखरेल
सोमबार, १४ मङ्सिर २०७२, १४ : ४९
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थललाई नाफा कमाउने थलोका रुपमा हेर्न नहुने बताएका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्न पुगेका मन्त्री पोखरेलले विमानस्थललाई नाफा कमाउने थलो नभई सेवालाई प्रभावकारी बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, “सबै सरोकारवाला विमानस्थल नेपालको गौरव, प्रतिष्ठा र समृद्धको आधार भन्ने कुरालाई आत्मसात् गर्दै उच्च र सम्मानित बनाउने प्रतिबद्धता जनाउनुपर्छ ।”
मन्त्री पोखरेलले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने अन्तर्राष्ट्रिय विमानस्थल नै भएकाले त्यसको सरसफाइ र सुरक्षाको राम्रो व्यवस्था गरेमा नेपालको सकारात्मक सन्देश जाने बताए ।
विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीमा नेपालको प्राकृतिक सुन्दरता तथा धार्मिकस्थलका बारेमा विदेशी पाहुनालाई सुनाउन सकिने वा ड्राइभर आफैँले नेपालका बारेमा विदेशीलाई जानकारी दिने व्यवस्था भए प्रभावकारी हुने उनको धारणा थियो ।
मन्त्रालयका सचिव दिनेश थपलियाले विमानस्थलमा कुनै पनि पर्यटक आउँदा फोहोर र दुव्र्यवहारले गलत दृष्टिकोण बनाउने भएकाले सुधारको प्रक्रिया अगाडि बढाउनु आग्रह गरे ।
विमानस्थलका महानिर्देशक सञ्जीव गौतमले प्रत्येक काम एकआपसमा समन्वय गरेर काम गरेमा स्तरीय सेवा दिन सकिने बताए ।
अनुगमन प्रतिवेदनमा फोहोर शौचालय, जताततै फोहोर, भाँचिएका कुर्ची र माकुराको जालैजालो, यात्रुले आवतजावत गर्न तथा सामानहरु कुर्न बढी समय लाग्ने जस्ता समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण