शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्र वर्ष कैद भुक्तान गर्न बाँकी बलात्कारी पक्राउ

सोमबार, १४ मङ्सिर २०७२, १५ : २५
सोमबार, १४ मङ्सिर २०७२
मलेखु–जबर्जस्ती करणी र हाडनाता करणी मुद्दामा १७ वर्ष कैद सजाय पाएर फरार भएका अपराधीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धादिङ जिल्ला अदालतबाट २०६९ साल असार २२ गतेको फैसलाअनुसार मैदी गाविस–२ का ५२ वर्षीय रुद्रमान श्रेष्ठलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । प्रहरीले पक्राउपछि आज जिल्ला अदालतमा पेस गरी जिल्ला कारागारमा १७ वर्ष जेल भुक्तानका लागि चलान गरेको प्रहरी नायब उपरीक्षक सबिन प्रधानले जानकारी दिए । श्रेष्ठले आफ्नै नातिनीलाई जबर्जस्ती करणी गरेपछि जिल्ला अदालतले उनलाई १७ वर्ष कैद भुक्तान गर्न आदेश गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप