यमनी सीमातर्फबाट साउदी अरेबियामा गोली प्रहार गोलीलागेर तीन जनाको मृत्यु
सोमबार, १४ मङ्सिर २०७२, १६ : ३०
रियाद– साउदी अरेबियाको सीमा क्षेत्रमा यमनको तर्फबाट आइतबार भएको गोली प्रहारमा एक सीमा सुरक्षा गार्ड र तीन जना स्थानीय बासिन्दाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
आइतबार बिहान दहरन अल जानुब यमनी क्षेत्रबाट भएको भीषण गोली प्रहारमा एक सीमा गार्डको मृत्यु भएको गृह मन्त्रालयले घोषणा गरेको छ ।
यसैगरी जजान क्षेत्रमा भएको गोली प्रहारबाट दुई यमनी स्थानीय बासिन्दाको मृत्यु भएको नागरिक प्रतिरक्षा मन्त्रालयले जनाएको छ ।
हुथी विद्रोहीको विरुद्धमा साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेयता साउदी अरेबियाको सीमा क्षेत्रमा करिब ८० जनाको गोली प्रहारमा हत्या भइसकेको छ ।
हताहती हुनेहरुमा प्राय सैनिक रहेका जनाइएको छ । यमनी क्षेत्रबाट सो हमला निरन्तर रुपमा हुने गरेको छ ।
यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाइको छ ।
सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण