शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कारबाहीमा आतङ्ककारी र आठ सैनिकको मृत्यु

सोमबार, १४ मङ्सिर २०७२, १६ : ३५
सोमबार, १४ मङ्सिर २०७२
काबुल– अफगानिस्तानमा आइतबार बिहानदेखि तालिवान आतङ्ककारी विरुद्ध भएको कारबाहीको क्रममा कैयौं आतङ्ककारी मारिनुको साथै घाइते भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । उक्त कारबाहीका क्रममा केही तालिवान पक्राउ पनि परेका अर्को जनाइएको छ ।   अफगान सैनिक र प्रहरीको सहभागीतामा गत २४ घण्टायता सो कारबाही भएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।   सो कारबाहीको क्रममा देशको विभिन्न भागमा भएको आक्रमणमा परी आठ सैनिकले पनि ज्यान गुमाएका उक्त विज्ञप्तिमा जनाइएको छ ।   गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा पनि सो कारबाहीमा मारिएका र घाइते भएका आतङ्ककारी सङ्ख्या भने एकीन गरिएको छैन ।   अफगानिस्तानको नान्गार्हार, गजनी, कान्दाहार, कुन्दुज र फर्याब प्रान्तहरुमा भएको कारबाहीको क्रममा सडक किनारामा राखिएका बम र बारुदी सुरुङ्ग निश्क्रिय गर्नुको साथै विभिन्न हातहतियार समेत सेनाले कब्जा गरेको जनाइएको छ ।   अफगानिस्तानमा एक दशक भन्दा बढिदेखि आतङ्क मच्चाइरहेका तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।   यसअघि अफगानिस्तानका तालिवानका विरुद्धमा कारबाहीका लागि खटिइआएका नेटो सैनिक पनि यसैवर्षको सुरुदेखि बिदा भएका छन् ।   हाल अफगानिस्तानमा त्यहीँको सेना र प्रहरीले कारबाही जारी राखेको छ । तालिवानले पनि सुरक्षा निकायका साथै सर्वसाधारणमाथि आक्रमण जारी नै राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप