भक्तपुरमा औषधिको चरम अभाव
मङ्गलबार, १५ मङ्सिर २०७२, १० : २४
भक्तपुर– भारतीय नाकाबन्दीका कारण भक्तपुरमा औषधि चरम अभाव भएको छ । जिल्लामा जटिल रोगदेखि झाडापखालाको औषधिको समेत चरम अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको औषधि भण्डारण कक्षा रित्तिएको छ भने औषधिको बढ्दो माग भए पनि कार्यालयले औषधि दिन सकेको छैन ।
“एक त भारतीय नाकाबन्दीका कारण औषधि आयात ठप्पै भयो” – कार्यालयका भण्डारण शाखाका प्रमुख यादवप्रसाद मिश्रले भने– “अर्कोतर्फ कार्यालयले बजेट अभावका कारण विगत तीन वर्षयता औषधि र स्वास्थ्य परीक्षण गर्ने सामग्रीसमेत किन्न सकेको छैन, त्यसैले पनि औषधि अभाव भयो ।”
कार्यालयले जिल्लाको १९ स्वास्थ्य चौकी, दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन नगर जनस्वास्थ्य केन्द्रलाई औषधि वितरण गर्दै आएको छ । ती स्वास्थ्य केन्द्रबाट प्रतिमहिना विभिन्न रोगको करिब ४० देखि ५० हजार ट्याबलेट औषधि माग हुने गरेकामा अहिले प्रतिमहिना मुस्किलले छ हजार ट्याबलेट औषधिमात्र वितरण गरिरहेको छ ।
ती केन्द्रलाई सामान्य सिरिन्जदेखि विपी इक्युपमेन्टलगायतका सामानसमेत दिन सकेको छैन । मिश्र भन्छन्– “विपी इक्युपमेन्टलगायतका सामान माग भए पनि दिन सकिएको छैन, कैयौं वर्ष पुराना सामानले काम चलाउ भएको छ ।”
जाडोयाममा ज्येष्ठ नागरिकमा बढी समस्या देखिने श्वासप्रश्वास, दम र अन्यमा समेत देखिने आँखा, एलर्जी, छाला, ग्यास्ट्रिक, एन्टिबायोटिक, झाडापखालालगायतका औषधिको समेत चरम अभाव भएको कार्यालयको भनाइ छ ।
सरकारले जनस्वास्थ्य कार्यालयमार्फत निःशुल्क बाँडिदै आएका ७० प्रकारका औषधि र मेडिसिन ९प्राविधिक० सामग्रीसमेत सकिएको छ । कार्यालय भण्डारण शाखाकी फर्मासिस्ट एलिसा भोमीले सामान्य चार प्रकारको औषधि पनि समय सकिएका औषधि रहेको बताए ।
उनले भने – “विभिन्न ठाउँबाट ल्याएका औषधि पनि एक महिनासम्म मात्रै डेट भएका छन्, औषधिको नाममा अब सिटामोल, आइरन चक्की, बी कम्प्लेक्स र जीवनजल मात्रै पाँच महिनासम्मलाई पुग्ने छ, अरु औषधि छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण