शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असुरक्षित यौन सम्पर्कले एचआइभीको सङ्क्रमण बढ्दै

मङ्गलबार, १५ मङ्सिर २०७२, १० : २८
मङ्गलबार, १५ मङ्सिर २०७२
मोरङ– मोरङमा एक वर्षभित्रमा ९३ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईका अनुसार यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट सर्ने दर बढी देखिएका छन् । त्रियानब्बे जनामध्ये २४ जनालाई शारीरिक सम्पर्कबाट सङ्क्रमण भएको खुल्न आएको छ । जिल्ला एड्स समन्वय समिति, मोरङको तथ्याङ्कअनुसार २६ गृहिणी र नौजना बालबालिका यो रोगबाट ग्रसित छन् । विसं २०४७ यता जिल्लामा एक हजार ३३९ जनामा रोगको सङ्क्रमण देखिएको छ । गत वर्षमात्रै मोरङमा एचआइभी एड्सका कारणले नौजनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । मोरङका प्रमुख सहरी क्षेत्रका होटलमा गरिएका असुरक्षित यौन सम्पर्कबाट एचआइभीको सङ्क्रमण सरेको संयोजक भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप