गुणस्तरीय विकासका लागि ‘योजना सम्झौता अभियान’
मङ्गलबार, १५ मङ्सिर २०७२, १० : ३३
खोटाङ– गुणस्तरीय र छिटो विकास गर्नका लागि जिविस खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ ।
आवको अन्त्यतिरमात्र योजनाको सम्झौता गर्ने प्रचलनले अधिकांश योजना अधुरै रहने तथा सम्पन्न भएका योजना पनि गुणस्तरहीन हुने भएकाले त्यसलाई अन्त्य गर्दै गुणस्तरीय र छिटो विकास गर्नका लागि जिविसले योजना सम्झौता अभियान थालेको हो ।
योजना सम्झौतामा गरिने ढिलाइ र निर्माणका काममा हुने अधुरोपनालाई नियन्त्रण गर्न पुस २० गतेसम्म एक महिने अभियान सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए । उनले भने, “विगतका वर्षहरुमा ढिला सम्झौता गर्नाले जिल्लाबाट करोडौँ बजेट फिर्ता भयो, आगामी दिनमा त्यस्तो हुन नदिन अभियान थालेका हौँ ।”
अभियानका क्रममा आगामी पुस–२० गतेभित्र सबै विकासे योजनाको सम्झौता गरेर काम सुरु गरिने पाण्डेले जानकारी दिए । “अख्तियारी आएका योजनाहरू सञ्चालनका लागि अभियानकै क्रममा सम्झौता गरिनेछ ।” उनले भने – “त्यसपछि आएका अख्तियारीलाई दोस्रो चरणमा सम्झौता गरिनेछ ।”
सम्झौता अभियान सफल पार्न विभिन्न समितिसमेत गठन गरिएको छ । स्थानीय विकास अधिकारी पाण्डेको संयोजकत्वमा निर्देशक समिति, योजना अनुगमन तथा प्रशासकीय अधिकृत नरहरि सापकोटाको संयोजकत्वमा समन्वय समिति, खेला अधिकृत लेखराज भट्टराईको संयोजकत्वमा प्रचारप्रसार समिति, इन्जिनियर प्रतीक्षा सिलवालको संयोजकत्वमा सम्झौता समन्वय समिति र प्राविधिक अशोक दासको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण