गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्डको व्यवस्था
मङ्गलबार, १५ मङ्सिर २०७२, १० : ४७
गुल्मी–गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय, गुल्मीको सक्रियतामा जिल्लाबाट छुट्ने सवारी साधनलाई सोमबारदेखि टाइम कार्डको व्यवस्था गरिएको हो ।
जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौँलगायतका स्थानमा छुट्ने सवारीका साधनलाई टाइम कार्डको व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिए ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सोमबार तम्घासमा बस चालकलाई टाइम कार्ड हस्तान्तरण गर्दै चालकले सवारी साधन चलाउँदा टाइम कार्डमा उल्लेखित निर्देशन पालना गर्न आग्रह गरे ।
सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुट्ने सवारी साधनलाई रिडीसम्मका लागि टाइम कार्डको व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण