शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हृदयघातका कारण गोरखा फुजेलका पोखरेलको युएईमा निधन

मङ्गलबार, १५ मङ्सिर २०७२, ११ : २८
मङ्गलबार, १५ मङ्सिर २०७२
यूएई–वैदेशिक रोजगारका लागि ३ बर्ष अघि यूएई आएका गोरखा फुजेलका कृष्ण प्रसाद पोखरेलको हृदयघातका कारण निधन भएको छ । यूएईको अल ऐन कम्पनीमा कार्यरत पोखरेलको गत शनिबार निधन भएको हो । ड्युटी सकेर कोठामा आएर रेष्ट गर्दै मोबाइल चलाउँदै आराम गरिरहेका उनलाई कम्पनीमा कार्यरत साथीले अचेत अवस्थामा भेटेका थिए । सँगै काम गर्ने साथी ड्युटी ब्रेक भएर दिउँसो १ बजेतिर रुममा आउँदा पोखरेललाई असामान्य भेटेपछि उनले कम्पनीका हेल्थ एण्ड सेफ्टी अफिसरलाई तुरुन्त खबर गरेका थिए । सँगै कोठामा बस्ने साथीको अनुसार आफ्नो बेडमा सिरानीमा अडेस लागेर कानमा मोबाइलको हेड फोन लगाई हातले मोबाइल च्यापेको अवस्थामा थिए । कम्पनीका अफिसरले एम्बुलेन्स बोलाएर अस्पताल लगेर परिक्षण गरेपश्चात उनको मृत्यु भइसकेको खुलेको थियो । नाइट ड्युटी भएका पोखरेल शनिबार ड्युटी सकिएपछि कोठामा सँगै बस्ने साथीसँग दिउँसो किनमेलका लागि बजार निस्किएका थिए । बजारबाट फर्केपछि ११ बजेतिर आफ्नो कोठामा पुगेका उनको सोही दिन दिउँसो मृत्यु भएको हो । पोखरेलको शव अहिले अल ऐनको जिमी अस्पतालमा रहेको छ । उक्त अस्पतालले शव परिक्षण गर्दा पोखरेलको मृत्यु प्राकृतिक भएको रिपोर्ट प्रहरीलाई दिएको छ । मंगलवारबाट यूएईमा ५ दिन लगातार सार्वजनिक बिदा परेकाले मृतकको शव नेपाल पठाउन कम्तिमा एकसाता लाग्ने अनुमान गरिएको छ । १२ वैशाखको भूकम्पपछि नेपाल फर्केका पोखरेल करिब एक महिना नेपाल बसेर भदौ ५ गते उनी फेरी युएई आएका थिए । एक छोरा र एक छोरीकी पिता रहेका उनी (MAB) क्याटरिङ कम्पनीमा चपाती मेकरको रुपमा कार्यरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप