शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टर्कीले रसियासित माफी नमाग्नेः प्रधानमन्त्री दाभुटोग्लु

मङ्गलबार, १५ मङ्सिर २०७२, ११ : ४३
मङ्गलबार, १५ मङ्सिर २०७२
बेल्जियम–टर्कीका प्रधानमन्त्रीले आफ्नो देशले रसियाको युद्धक विमान खसालेको सम्बन्धमा क्षमा माग्नु नपर्ने जनाएका छन् । टर्कीका प्रधानमन्त्री अहमेत दाभुटोग्लुले रसियाको विमान टर्कीको आकाशमा उडिरहेको बेला चेनावनी दिइएको र आफ्नो देशको आकाश नछोडेपछि विमानमाथि आक्रमण गरिएको बताए । यस सम्बन्धमा टर्कीले रसियासँग माफी माग्नु पर्दैन। उनले थपे । प्रधानमन्त्री दाभुटोग्लुले गएको हप्ता भएको उक्त घटनापछि रसियाले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने निर्णय गरेको सम्बन्धमा भने, रसियाले टर्कीविरुद्ध लगाएको आर्थिक नाकाबन्दी सम्बन्धमा पुनःविचार गर्नेछ । सोमबार सञ्चारकर्मीसँगको भेटमा दाभुटोग्लुले बताए, टर्कीका प्रधानमन्त्री वा राष्ट्रपति कसैले पनि रसियासँग माफी माग्ने छैन किनकी टर्की सुरक्षाकर्मीले आफ्नो देश हितका लागि कर्तव्य निर्वाह गरेको मात्र हो । छलफलपछि नेटो सुरक्षा प्रमुखसँग ब्रसेल्समा कुरा गर्दै भने टर्की रसियासँग यस्ता घटना नदोहो¥याउन भनी वार्ता गर्न आगामी दिनमा सधैँ खुला रहने छ । यसैबीच रसियाली राष्ट्रपतिका विदेश मामिला सल्लाहकारले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानको फोन घटना सम्बन्धमा टर्कीले माफी नमागेकाले रसियाली राष्ट्रपतिद्वारा रिसिभ नगर्नु भएको बताए । टर्कीका राष्ट्रपति एर्डोगानले आफ्ना समर्थकहरुलाई शनिबार सम्बोधन गर्ने क्रममा टर्कीको सैन्य फौजद्वारा रसियाली युद्धक विमानमा आक्रमण भएको घटनाबाट आफू दुःखी भएको बताउदै टर्कीको सेनाले विमानमाथि आक्रमण नगर्नु नै राम्रो भए पनि घटना घटिसकेपछि यसबाट सिर्जना भएको रसिया र टर्कीबीचको तनावलाई सुझबुझका साथ समाधान गर्नु नै उत्तम विकल्प भएको बताएका थिए । एर्डोगानले भने– “टर्कीको सुरक्षा कारबाहीबाट विमान खसालिनु हुँदैनथ्यो तर कमजोरी भइसक्यो । मलाई विश्वास छ घटना आगामी दिनमा दोहोरिने छैनन् ।” उनले आफ्नो सम्बोधनका क्रममा रसियाद्वारा सिरियामा जारी हवाई आक्रमणको समेत आलोचना गरेका थिए । एर्डोगानले एक फ्रान्सेली टेलिभिजन च्यानलसँगको कुराकानीमा आफूले फोन गरी रसियाली राष्ट्रपतिसँग समस्या समाधानका लागि पहल गर्न चाहे पनि पुटिनसँग वार्ता हुन नसकेको बताएका थिए । तर, बिहीबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभले भने त्यस्तो फोन वार्ता प्रयास नभएको जनाएका थिउ । तर पछि क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले विमान खसालिएको करिब आठ घन्टापछि एर्डोगानले फोन गरेको र राष्ट्रपति पुटिनलाई सो कुराको जानकारी गराइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप