एचआईभी सङ्क्रमण अन्त्यका लागि जनचेतना अपरिहार्य
मङ्गलबार, १५ मङ्सिर २०७२, १२ : १५
पोखरा– अठ्ठाइसौँ विश्व एड्स दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एचआईभी एड्सको सङ्क्रमण अन्त्य गर्न सामाजिक रुपमा जनचेतना अपरिहार्य भएकामा जोड दिइएको छ ।
वाइक्याप नेपालको आयोजनामा पोखराको चिप्लेढुङ्गाबाट महेन्द्रपुल, नयाँबजार हुँदै सभागृहसम्म गरिएको एड्स विरुद्धको सचेतना ¥यालीको समापन समारोहमा वक्ताले एड्स एउटा जटिल स्वास्थ्य समस्या भएका कारण यसलाई सुरुमा नै लाग्न नदिन यस बारेको सचेतना अपरिहार्य हुने बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड श्रीकृष्ण श्रेष्ठले एड्सका सम्बन्धमा जनचेतना अपरिहार्य भएको बताउँदै सबैको सामूहिक प्रयासमा यो सम्भव हुने धारणा राखे ।
अझै पनि समाजमा लुकिराखेका एड्स रोगीलाई उपचारको दायरामा ल्याउनु चुनौती रहेको उल्लेख गर्दै उनले आगामी दिनमा रोग लाग्नै नदिने प्रतिबद्धता र रोग लागिसकेका व्यक्तिलाई समाजमा राम्रो व्यवहारको वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले केही दशकको अन्तरालमा नै तीव्र रुपमा विस्तार भएको एड्सले लाखौँ मानिसको ज्यान लिइसकेको बताए ।
पोखरामा हाल ८०० जनाले एड्सको उपचार गरिरहेको चर्चा गर्दै उनले लुकेका रोगीलाई उपचार गर्न आउने किसिमको वातावरण तयार गरिनुपर्ने उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख वामदेव ढुङ्गानाले एड्सका सम्बन्धमा सामाजिक जागरण ल्याउनु आवश्यक भएको बताउँदै सबैको सकारात्मक पहल भएमा भावी समाजलाई एड्स निर्मूल समाजका रुपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा पश्चिम क्षेत्र एड्स सञ्जालका अध्यक्ष विश्वमोहन गौचन, दिलीप गुरुङलगायतले एड्स सङ्क्रमणलाई निर्मूल पार्न घर, गाउँ, हुँदै देशभर जनचेतचना अभियानलाई तीव्र पार्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण