समावेशीता र समानुपातिक प्रतिनिधित्व आन्दोलनको नारा बन्नुहुँदैन : मन्त्री राई
मङ्गलबार, १५ मङ्सिर २०७२, १२ : २०
काठमाडौं– सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले समावेशीता र समानुपातिक प्रतिनिधित्वका लागि आन्दोलनको नारा बनाउन नहुने बताएका छन् । मंगलबार राजधानीमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)द्वारा आयोजित ‘सम्मान तथा समावेशी सञ्चार नीति’ विषयक कार्यक्रममा मन्त्री राईले यस्तो धारणा व्यक्त गरेका हुन् ।
मन्त्री राईले जारी संविधानले सबैको अधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै संविधानको रक्षा र कार्यान्वयनमा सबैले सघाउन अनुरोधसमेत गरे ।
सो क्रममा मन्त्री राईले अस्पष्ट र विभेदित सञ्चार नीतिलाई परिमार्जन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले समावेशीता र समानुपातिक प्रतिनिधित्वको लागि सरोकारवालाहरुसँग छलफल गरी तुरुन्तै कार्यान्वयन गर्ने आश्वासनसमेत दिएका छन् ।
‘समावेशिता र समानुपातिक प्रतिनिधित्वको सवाल संघर्षको कारण बन्न हुँदैन,’ मन्त्री राईले भने, ‘सबै सरोकारवालाहरुबीच आपसी समझदारी कायम गरी कार्यान्वयनमा लानुपर्छ ।’
संविधान संशोधन समस्याको निकास : कुमाल
सोही कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद नगेन्द्र कुमालले संविधान सबैको प्रिय हुन नसकेको धारणा राखे । उनले जारी संविधानले सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, महिला, मधेसी र वर्गलाई छुन नसकेको जिकिर गरे ।
साथै, कुमालले संविधान संशोधन नगरी वर्तमान समस्याहरु समाधान नहुने स्पष्टसमेत पारे । उनले प्रमुख राजनीतिक दलहरुले गरेको पूर्वप्रतिबद्धताअनुरुप संविधान संशोधन नगरी बसेको समेत आरोप लगाए । ‘संविधान संशोधन नगरी वर्तमानको समस्या समाधान हुँदैन,’ कुमालले जोड दिए, ‘समावेशी÷समानुपातिकको निम्ति हामीपनि सडक संघर्षमा आउन सक्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण