शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुकीको म्यानमारको राष्ट्रपतिसँग वार्ता

बुधबार, १६ मङ्सिर २०७२, १२ : ५१
बुधबार, १६ मङ्सिर २०७२
म्यानमार–म्यानमारका प्रजातान्त्रिक नेत्री आङ सान सुकीले राष्ट्रिय सेनाको समर्थन रहेका राष्ट्रपतिसँग बुधबार वार्ता सुरु गरेका छन् । म्यानमारमा आम निर्वाचन भएको करिव एक महिना पछाडी उनले शक्ति हतान्तरण सम्बन्धि वार्ता गरेको बताइएको छ । गत नोभेम्बर ८ मा म्यानमारमा सम्पन्न आम निर्वाचनमा सुकीको पार्टीले स्प्रष्ट बहुमत प्राप्त गरेको थियो । सो निर्वाचनमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसिले करिब ८० प्रतिशत सिटमा विजय हासिल गरेको थियो । यसबाट म्यानमार दशकौं लामो समयदेखि प्रभुत्व जमाउँदै आएका सैनिक शासकहरुको अन्त्य हुने अनुमान गरिएको छ । तर सैनिक शासकहरुको विगतका धोखावाजी अन्दाजलाई सम्झेर सुकीका दल भने चिन्तित रहेको बताइएको छ । सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित हुदाँपनि षड्यन्त्रपूर्वक सुकीको दल नेसनल लिग फर डेमोक्रेसिलाई भने सत्तामा साझेदार हुन वन्चित गराइयो थियो । दुर्भाग्य उनले सरकार गठन गर्ने बेलामा सैनिकको थुनामा बस्नुपर्यो । उनले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यथित गर्नु परेको थियो । सैनिक शासकहरुले लेखेको सविधानमा सुकीलाई राष्ट्रपति पदको लागि अवरुद्ध गरिएको छ । तर उनी र उनको पार्टीको शानदार विजयपछि म्यानमार शक्तिशाली सेना प्रमुख अर्थात राष्ट्रपति थान सेनसँग सुकीले वार्ता सुरु गरेका छन् । राष्ट्रपति सेन र सुकीबीच वार्ता सुरु भएको राष्ट्रपति कार्यालयले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप