शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कञ्चनपुरमा नयाँशक्ति अभियान

बिहीबार, १७ मङ्सिर २०७२, १३ : ०५
बिहीबार, १७ मङ्सिर २०७२
कञ्चनपुर– देशभर नयाँ शक्ति अभियान चलिरहेका बेला कञ्चनपुरमा पनि सो अभियानले व्यापकता पाएको छ । कञ्चनपुरका ग्रामिण भेगदेखि जिल्लास्तरसम्म एमाओवादी छोडेर नयाँ शक्ति अभियानमा लाग्नेहरु सक्रिय भएर लागिपरेका छन् । कञ्चनपुर एमाओवादी जिल्ला उपाध्यक्ष मोहन गिरी, निवर्तमान केन्द्रिय सदस्य खड्गबहादुर बस्नेत, कृष्णपुर नगरपालिकाका नगरअध्यक्ष सुरेन्द्रबहादुर बमलगायतले एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुले नयाँ कार्यदिसा, नयाँ संगठन, नयाँ संस्कृति र नयाँ नेतृत्वका लागि आफूहरुले एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माको अभियानमा लागेको बताएका छन् । एमाओवादी पार्टी पछिल्लो चरणमा कार्यदिसाहिन बन्दै गएको, पार्टीभित्र विकृति, विसंगती मौलाएका कारण दिसाहिन बनेको भन्दै आफूहरु नयाँ शक्ति निर्माण अभियानमा लागेको कृष्णपुर नगरपालिकाका निवर्तमान नगर अध्यक्ष सुरेन्द्रबहादुर बमले बताए । उनले भने कञ्चनपुरमा हामी नयाँ शक्ति निर्माण अभियानमा लागिसकेका छौं । नयाँ शक्ति निर्माण अभियानमा हामीले नयाँ पुस्ताका युवाहरुलाई संगठित बनाएर कञ्चनपुरमा एमाओवादी पार्टीभन्दा शक्तिशाली बनाएर अघि बढ्ने बमले बताए । एमाओवादीमा बदनाम भएकाहरुलाई नयाँ शक्तिअभियानमा अटाउन नसकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप