म्याग्दीमा जीर्ण अवस्थाका विद्युत् पोलका कारण दुर्घटनाको खतरा बढ्यो
शुक्रबार, १८ मङ्सिर २०७२, १० : १७
म्याग्दी– म्याग्दीको ग्रामीण क्षेत्रमा जीर्ण अवस्थामा रहेका विद्युत् पोलका कारण दुर्घटनाको जोखिम बढेको छ ।
केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरणका लागि गाडिएका काठका पोल जीर्ण बन्दै गएका छन् । जीर्ण अवस्थाका पोल परिवर्तन गर्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ ।
बेनी नगरपालिकाको खबरा, रत्नेचौर, पुलाचौर, सिंगाका साथै भकुण्डे, भकिम्ली, बाबियाचौर, दरवाङ, पात्लेखेत, कुहुँलगायतका गाविसमा विद्युत् वितरण गर्न गाडिएका काठका पोल जीर्ण भई ढल्ने अवस्थामा पुगेका छन् ।
जीर्ण पोल ढलेर करेन्ट लाग्ने, हावाहुरीले भाँचिने, विद्युत् आपूर्ति बन्द हुने समस्या देखिएको बेनी नगरपालिका– ३ खबराका कमल सुवेदीले बताए । उनकाअनुसार जीर्ण पोल वरपरको बाटो भएर सर्वसाधारणलाई हिँडडुल गर्न र खेतबारीको काम गर्न, घाँस दाउरा गर्न पनि समस्या भएको छ ।
नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका अनुसार जिल्लामा ३०० भन्दा बढी पोल जीर्ण अवस्थाका छन् । जीर्ण अवस्थाका काठे पोल परिवर्तन गर्ने तयारी गरिएको केन्द्रका प्रमुख सीताराम शाहले बताए । करिब ६०० फलामको पोल खरिद गर्ने ठेक्का सम्झौता भइसके पनि ठेकेदारको ढिलासुस्ती र नाकाबन्दीका कारण ल्याउन सकिएको छैन ।
जिल्लामा जगेडा रहेका पोल पनि सकिसकेका छन् । नयाँ खरिद गरिएका मध्ये ३०० पुराना काठका पोल परिवर्तन गर्न प्रयोग गरिने शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण