प्रहरीलाई झुठो सूचना दिने दुईजना पक्राउ
शुक्रबार, १८ मङ्सिर २०७२, १० : २७
वालिङ– प्रहरीलाई झुठो सूचना दिएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारका अनुसार स्याङ्जाको दरौँ गाविस–९ की लक्ष्मी सुवेदी र सोही गाविस– ८ बस्ने दिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
“दरौँ सामुदायिक वनको समबारीमा घाँस काट्न गएको बेलामा अपरिचित पुरुष आएर डर धम्की देखाई गहना तथा केही नगद लुटी लग्यो भनी महिलाले प्रहरीमा खबर गरिन्” बैदावारले भने – “उक्त घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा निज महिलाले चिनजानको दिलबहादुरलाई बोलाई विदेश जानका लागि आफैँले खोलेर आफ्नो गहना बैंकमा धितो राख्न दिएको खुल्यो ।”
दुईजनाले योजनाबद्ध रूपमा प्रहरीलाई गलत सूचना दिएका कारण उनीहरूलाई नियन्त्रणमा लिएर केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण