नीलगाई मार्ने ५ जना घटनास्थलबाटै रंगेहात पक्राउ
शुक्रबार, १८ मङ्सिर २०७२, १० : ३९
कपिलवस्तु–संरक्षित दुर्लभ वन्यजन्तु निलगाई मारेका ५ जना सिकारीलाई प्रहरीले घटनास्थलबाटै रंगेहात पक्राउ गरेको छ ।
[caption id="attachment_17619" align="alignnone" width="840"] प्रहरीले मृत नीलगाईसहित पक्राउ गरेका ५ जना सिकारीहरु[/caption]
जिल्लाको शिवराज नगरपालिका–१३ जुम्ली भन्ने स्थानमा निलगाई मार्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक भिमसेन विष्ट नेतृत्वको टोलीले घाइते अवस्थाको निलगाई, प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–१२ पकडीका ४६ वर्षीय संसाद भाट, २६ वर्षीय सब्बीर बढई, वर्ष २६ का आरियाओन मुसलमान, वर्ष २६ का पप्पु बढई र २० वर्षीय जुबेर बढई रहेका छन् । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि जर्लैया सेक्टर वन कार्यालयको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक विष्टले जानकारी दिए ।
निलगाई, हतियार सहित पाँचै जनालाई अनुसन्धानका लागि अहिले चन्द्रौटास्थित जर्लैया सेक्टर वन कार्यालयमा राखिएको छ । निलगाई मार्ने पाँचै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण ऐन नियम बमोजिम कारवाही गरिने सेक्टर प्रमुख अमरकान्त झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण