डोल्पालीद्वारा हमाल बाबु छोराको सफल स्वास्थ्यलाभको कामना
शुक्रबार, १८ मङ्सिर २०७२, १० : ५७
डोल्पाली भन्छन्, ‘उनको लागि जस्तोसुकै सहयोग गर्न तयार छौँ’
डोल्पा–भारतको राजधानी नँयादिल्लीस्थित बि.एल.के अस्पतालमा उपचार गराइरहेका हमाल बाबु छोरालाई डोल्पालीहरुले सफल स्वास्थ्यलाभको कामना गरेका छन् ।
कतिपय फेसबुकवालहरुमा मध्यपानको कारण बिरामी परेको लेखिएतापनि त्यो नभई वाल्यकालदेखि नै कलेजोमा समस्या देखिएकाले नेपालमा उपचार हुने सम्भावना नदेखिएपछि सामान्य उपचार गराएर थप उपचारको लागि नयाँदिल्ली लगिएको दिदी गणेश कुमारी हमालले बताए ।
हमालको लागि कलेजो फेर्नुपर्ने देखिएकाले आफ्नै छोरा चाँद हमालले कलेजो प्रदान गरेका छन ।
अन्य व्यक्तिको कलेजोको समुह नमिलेर छोराको कलेजो मात्रै मिलेपछि आफ्नै बुबालाई हमालले अङ्ग दान गरेका हुुन् ।
डोल्पाबाट पहिलो पटक इन्जिनियर पास गरेका अंगतकुमार हमाल अहिले जिल्ला बिकास समितिको कार्यालय डोल्पामा प्रमुख प्राविधिकको रुपमा कार्यरत छन् ।
सानैदेखि प्राबिधिक बनेर डोल्पाको बिकास गर्ने लक्ष्य लिएका उनी जिल्ला विकास समिति डोल्पामा कार्यरत भएदेखि डोल्पाको विकासको लागि अतुलनिय योगदान पु¥याईरहेकाले उनको स्थास्थ्यमा केहि सुधार आएको खबर आएकाले डोल्पालीहरुमा खुसियालि छाएको स्थानीय समाजसेवी टिकादत्त न्यौपानेले बताए । साथै सम्पुर्ण डोल्पालीहरुले भगवानसँग सफल स्वास्थ्यलाभको कामना समेत हमाल बाबु छोरालाई गरेको न्यौपानेले बताए ।
हमाल डोल्पाकै गहना भएकाले उपचारको क्रममा आर्थिक, भौतिक, नैतिक जस्तोसुकै अभाव भएपनि सहयोग मागेर डोल्पालीहरु उपचार गर्न तत्पर रहेको समेत उनले बताए ।
छोराले अङ्ग दान गरेरपछि हमाले नँया जीवन पाएको र अहिले बुवा छोराको स्वास्थ्यस्थिति सुध्रदै गएको परिवार स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण