अज्ञात समूहद्वारा दुई वटा मोटरसाइकलमा आगजनी
शुक्रबार, १८ मङ्सिर २०७२, ११ : ०३
कपिलवस्तु – नेपाल–भारत सीमा क्षेत्र हरदौना नजिकै शुक्रबार विहान दुई वटा मोटरसाइकलमा आगजनी गरिएको छ । भारतबाट डिजेल बोकेर ल्याएका लु ४ प ६३२९ र लु १५ प नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको हो ।
विहान करिब ५ बजे कजरहवा गाविस–९ मा १०–१५ जनाको समूहले रोकेर मोटरसाइकलमा आगजनी गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीमा प्रहरी चौकी हरदौनाले उक्त मोटरसाइकल विहान जलेको अवस्थामा भेटिएको जनाएको छ ।
प्रहरी सहायक निरिक्षक गोविन्द चौधरीले मोटरसाइकल कसको हो र किन जलाइयो थाहा नभएको बताए । मोटरसाइकल चालक हालसम्म सम्पर्कविहिन भएको र उनीहरुको खोजी जारी रहेको चौधरीले जानकारी दिए ।
स्थानयबासीहरुले भने आगजनी मधेशी मोर्चाका स्थानिय कार्यकर्ताहरुले गरेको बताएका छन् । मधेश आन्दोलन तथा नाकाबन्दीक कारण भइरहेको चरम इन्धन संकट पछि तेलको तस्करी मौलाउदै जादा मोर्चाले तस्करी गर्नेहरु विरुद्ध कारवाही अभियान चलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण