बेलहिया नाकाबाट १४ बुलेटसहित ६३ वटा सवारी भित्रिए
शुक्रबार, १८ मङ्सिर २०७२, ११ : ०९
भैरहवा–रुपन्देहीको बेलहिया नाकाबाट बिहीबार अबेर राती १४ वटा ग्यास बोकेका बुलेटसहित ६३ वटा सवारी भित्रिएका छन् ।
दिनभरि भन्सार एजेन्टहरुको अवरोध तथा हड्तालको कारण अवरुद्ध रहेको बेलहिया नाकाबाट राती १० बजेतिर १६ वटा ग्यास बोकेको बुलेट, १ वटा डिजलको ट्याकंर, १५ वटा ट्रक, २८ वटा बस र ५ वटा पिकअप गाडी भित्रिएको ईलाका प्रहरी कार्यालय बेलहियाले जानकारी दिएको छ । शुक्रबार बिहान ११ बजेसम्म कुनै पनि सवारी भित्रिन नसकेको समेत ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
मालवाहक सवारी साधन नेपाल पठाउँदा भारतीय प्रहरीले पालैपालो नपठाएको र चर्को रुपमा रकम असुली गरिरहेको विरोध गर्दै भान्सार क्लियरिङ्ग एजेण्टहरु हड्तालमा रहेका छन् । दैनिक ४ सयदेखि ५ सय सवारी पठाउनुपर्ने र पालैपालो पठाउने उनीहरुको माग रहेको छ ।
भन्सार एजेण्टको कारण अहिले बेलहिया नाकाबाट कुनै सवारी भित्रिन सकेका छैन् । भन्सार एजेण्टहरुको माग सम्बोधन गर्दै दैनिक १ सय वटा गाडी मात्र नेपाल पठाउन सक्ने भारतीय पक्षले जवाफ दिएको स्रोतबाट खबर प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण