बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि उत्पादन घोडाबाट बजार पुर्याइदैं

शुक्रबार, १८ मङ्सिर २०७२, ११ : १६
शुक्रबार, १८ मङ्सिर २०७२
गुल्मी– यतिबेला पेट्रोलियम पदार्थको अभावमा थुप्रैले मोटर साईकल लगायतका यातयतका साधनहरु थन्काएका छन् । तर, गुल्मी भाडागाउँका डिलाराम मरासीनीको परम्परागत यातयातको साधन थन्काउनु परेको छैन् । परम्परागत यातयातको साधन अर्थात घोडा । [caption id="attachment_17636" align="alignright" width="550"] शुक्रबार विहान सदा झैँ सदरमुकाम तम्घासको शहिदचोकस्थित फलफुल तथा तरकारी पसलमा उनै मरासीनीका कामदारले घोडामा बेच्न ल्याएका सुन्तलाहरु झार्दै ।[/caption] रेसुङ्गानगरपालिका–३, भाडगाउँका डिलाराम मरासीनीले न वैश उमेरमा मोटर साईकलको रहर गरे, न त अहिले नै । उनले चाहे भने मोटर साईकल मात्र होइन आधुनिक मोडल कै कार चढेर हिँड्न सक्ने आर्थिक अवस्था छ । तर, मरासीनीले जिवनभर घोडा नै भरपर्दो साधन सम्झे । यतिबेला यातयात सञ्चालनको समस्याले कैयौं कृषकहरु आफ्नो कृषि उत्दान कुहाएर राख्न बाध्य छन्, तर मरासीनीको घरमा भएको सुन्तलालगायतका कृषि उत्पादनहरु घोडामा बोकाएर तम्घास बजारमा ल्याएर धमाधम बिक्री वितरण गरिएको छ । उनको घोडाले दैनिक विहान वेलुका तम्घास वजारमा त्यसरी कृषि उत्पादन बोकेर ल्याएको देख्दा हिजो घोडा बेचेर मोटरसाइकल किन्नेहरु पछुतोमा परेको बताउँछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप