इन्धन अभावका कारण पाँच जलविद्युत् आयोजनाको काम ठप्प
शुक्रबार, १८ मङ्सिर २०७२, ११ : २८
लमजुङ– तीन महिनाभन्दा लामो समयको तराई बन्द र संविधान जारी भएपछि भारतीय पक्षले गरेको अघोषित नाकावन्दीका कारण पेटोलियम पदार्थको अभाव भएपछि लमजुङमा निर्माणाधीन पाँचवटा आयोजनाको काम ठप्प भएको छ ।
इन्धन अभावका कारण उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘माथिल्लो मस्र्याङ्दी ए’ जलविद्युत् आयोजना मिदिम खोलामा निर्माणाधीन तीन मेगावाट क्षमताको तल्लो मिदिम जलविद्युत् आयोजना, दोर्दी करिडोरमा निर्माणाधीन २८ मेगावाट क्षमताको सुपर दोर्दी, ४९ मेगावाट क्षमताको तल्लो दोर्दी आयोजना र २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको काम ठप्प भएको छ ।
इन्धन अभावकै कारण आयोजनाका विद्युतीय तथा अन्य सवारी साधान प्रयोग गर्न नसकिने भएपछि बाध्य भएर आयोजनाको काम बन्द गर्नुपरेको आयोजना पक्षको दावी छ ।
लगातारको बन्दका कारण सन् २०१५ को डिसेम्बरमा निर्माण सम्पन्न हुने भनिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ ले आयोजना सम्पन्न मितिलाई छ महिनापछि सारेको छ ।
जिल्लामा निर्माणाधीन आयोजनाका लागि दैनिक १० हजार डिजेल र पाँच हजार लिटर पेट्रोलको आवश्यकता पर्ने भएपनि जिल्लामा मुस्किलले १५ सय लिटर डिजेल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मोहन अकेलाले जानकारी दिए ।
जिल्लामा भित्रिएको डिजेल एम्बुलेन्स, प्रहरी तथा नेपाली सेनाको अत्यावश्यक कामका लागि समेत अपुग भएकाले सर्वसाधारणका लागि उपलव्ध गराउन नसकिएको पम्प सञ्चालकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण