अन्नपूर्ण पदमार्गका होटलमा निःशुल्क ‘वाइफाई’
शुक्रबार, १८ मङ्सिर २०७२, ११ : ५८
म्याग्दी– पदयात्राका लागि चर्चित अन्नपूर्ण परिपथ मार्गका पर्यटकीय गाउँहरुमा निःशुल्क ताररहित ९वाइफाई० इन्टरनेट सेवा सञ्चालन गरिएको छ ।
वीरेढा“टी, घान्द्रुक, घोडेपानी र तातोपानीका सबै पर्यटक होटल/रेष्टुरेंन्टमा निःशुल्क वाइफाई इन्टरनेट युक्त भएका छन् ।
नेपाल टेलिकमले एडिएसएल र वाइम्याक्स इन्टरनेटसहितको रिलेस्टेसन स्थापना गरेपछि यहा“का सबै साना/ठूला होटल/रेष्टुराँले ‘फ्रि वाइफाई’ सेवा सञ्चालन गरेका हुन् । वाइफाई सेवा उपलब्ध भएपछि ग्राहकको सङ्ख्यामा वृद्धि भएको होटल/रेष्टुराँ सञ्चालकहरु बताउँछन् ।
‘स्वदेशी वा विदेशी जो पाहुनाले पनि पहिला वाइफाई सोध्छ अनि मात्र बास । वाइफाई इन्टरनेट नभएको होटलमा आजभोलि पर्यटकले पाइला राख्नै चाहन्न’ पुनहिलका पर्यटन व्यवसायी देवेन्द्र गर्बुजाले भने ।
आँखामा ठोक्किन आउने हिमालको छायाँमा बसेर अर्गानिक खानेकुरा खाँदै ल्यापटप, नोटवुक वा मोवाइलमा इन्टरनेट चलाउँदा पर्यटक दङ्ग पर्छन् ।
वाइफाईले होटल÷रेष्टुराँको ब्यापार पनि फष्टाएको छ । घोडेपानीमा मात्र होइन अन्नपूर्ण पदमार्ग क्षेत्रका बिरेठाँटी, उल्लेरी, घान्द्रुक र संसारको सर्वाधिक गहिरो अन्धगल्छीका पर्यटकीय होटल÷रेष्टुराँहरुमा फ्रि वाइफाई इन्टरनेट जोडेका छन् ।
नेपाल टेलिकमलगायतका सेवाप्रदायकले शहरदेखि धेरै टाढाका गाउँमा समेत मोवाइलको भ्वाइस मात्र होइन, डाटा आदान–प्रदान गर्न सेवा पु¥याएपछि उपभोक्तालाई सूचना प्रविधिको विश्व सञ्जालमा सजिलै जोडेको छ ।
केही समय अघिसम्म शहरमा वितरण गरिएको थ्रीजी मोवाइल सेवा अहिले पर्यटकीय वस्ती घोडेपानी, तोतोपानीका वस्तीसम्म पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण