बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गीतको कथाः गीत सुनेर मलाई प्रेमवियोगी ठान्छन्

शुक्रबार, १८ मङ्सिर २०७२, १२ : ०७
शुक्रबार, १८ मङ्सिर २०७२
मैले लेखेकोमध्ये पहिलो रेकर्डेड गीत हो ‘उडेर जून छुन्छु भन्थें’ । यो गीतले निकै चर्चा पायो र मलाई गीतकारको परिचय पनि दिलायो । यो गीत गायक रामभक्त जोजिजूले ०५५ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी संगीत सम्मेलनमा गाउनुभएको थियो । त्यसमा रामभक्त दाइ गायनमा र म लेखनमा उत्कृष्ट हुने अवसर पाएको थिएँ । यसको संगीत बिबि अनुरागीले गर्नुभएको हो । ०५६ सालमा गीत रेकर्ड भएको हो । यो गीत सुनेपछि मलाई धेरैले प्रेमवियोगी भन्छन् । आगो कस्तो छ भन्ने थाहा पाउन आगो त छोएकै हुनुपर्छ नि भन्ने तर्क आउँछ । त्यो ठिकै पनि हो । तर मैले यो गीतमा आफ्नै भोगाइलाई उतारेको भने होइन । एकदमै नजिकमा देखेको एउटा घटनाबाट उत्प्रेरित भएर लेखेको हुँ । एकजना साथी थियो । उसले एक युवतीलाई मन परायो । उसले आफूले मन पराएको कुरा भन्न सकेन । चिठी लेख्यो । साथीको माध्यमबाट चिठी पठायो । निकै लामो समयसम्म पत्रको आदान–प्रदान भइरह्यो । तर जब साथीले तिनलाई विवाहको प्रस्ताव राख्यो,युवतीले अस्वीकार गरिन् । भिडियो https://www.youtube.com/watch?v=9URVfK17ywE बीचमा कथाले अर्कै मोड लिएको रहेछ । पत्र लगिदिने साथीसँग नै तिनको ‘अफेयर’ चलेको रहेछ । उसैसँग विवाह भयो । यो घटनाले मलाई निकै छोयो । त्यही प्रेमवियोगमा पीडित साथीको कथालाई आधार बनाएर यो गीत लेखेको हुँ । हामीले लक्ष्मीप्रसाद देवकोटोको ‘उद्देश्य के लिनु उडी छुनू चन्द्र एक’ भन्ने कविता पढिरहेको । त्यसैले मानिसले आफ्नो उद्देश्यलाई जूनसँग तुलना गरिरहेको हुन्छ । प्रेम गरेको मानिसलाई पाउनुलाई पनि जून छुनुजस्तै मान्छन् प्रेममा परेका युवायुवती । त्यही भावलाई मैले गीतमा उतारेको हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप