हुम्लामा योजना तर्जुमा गोष्ठी सम्पन्न
शुक्रबार, १८ मङ्सिर २०७२, १२ : ३४
हुम्ला– जिल्ला विकास समितिको कार्यालयको आयोजनामा पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, सुरक्षा प्रमुख, वृद्धिजीवी, समाजसेवी तथा पत्रकारसमेतको उपस्थिति रहेको थियो ।
सम्पूर्ण राजनैतिक दलका तर्फबाट एनेकपा ९माओवादी०का इन्चार्ज विजय भण्डारीले योजनासम्बन्धमा प्रकास पारे ।
योजना अधिकृत लस्मी घिमिरेले गाउँ विकास परिषद्, इलाका परिषद् र जिल्ला सभाको भूमिकाबारे जानकारी गराए ।
स्थानीय विकास अधिकारी रवि भट्टराईको अध्यक्षतामा भएको सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले शान्ति सुरक्षा तथा गाउँ परिषद्मार्फत जनताले योजना छनौट गर्नुपर्नेमा जोड दिए ।
यसैबीच, जिल्लाको दक्षिणी दार्मा र मिमी गाविसमा हालै पिपिआर रोगबाट करीब २०० भेडाबाख्रा मरेको स्थानीयबासी नन्दबहादुर शाहीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालयले पनि तत्काल आवश्यक औषधि र प्रविधिक पठाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण