बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बोनम्यारो रोगपीडित कुलुङद्वारा सहयोगका लागि आग्रह

शुक्रबार, १८ मङ्सिर २०७२, १२ : ४४
शुक्रबार, १८ मङ्सिर २०७२
काठमाडौँ– विगत लामो समयदेखि बोनम्यारोसम्बन्धी रोगबाट पीडित भएका सोलुखुम्बु जिल्ला छेस्काम–८ का २३ वर्षीय रूद्रकुमार कुलुङले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कुलुङको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि भारत लैजानुपर्ने भएकाले आर्थिक सहयोगका लागि आग्रह गरेका हुन् । उनले सहयोगका लागि नेपाल इन्भेष्टमेन्ट बैँकको खाता नम्बर ०२९०५०३०२७३३३७ मा सक्दो सहयोग गर्न सबैमा अनुरोध गरे । पीडित कुलुङलाई उपचारका लागि करिव रू एक करोड २० लाख खर्च लाग्ने चिकित्सकको अनुमान रहेको छ । विभिन्न सङ्घसंस्था र व्यक्तिबाट अहिलेसम्म करिव रु २४ लाख मात्र सहयोग स्वरूप जम्मा भएको कुलुङको भनाइ छ । कुलुङको सहयोगका लागि विभिन्न देशमा कुलुङ बचाउ अभियान नै सञ्चालन गरिएको छ । दक्षिण कोरियामा बस्दै आएका नेपालीबाट सङ्कलन गरिएको रू एक लाख १९ हजार रकम बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाले समेत सहयोग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप