बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गायक पनि अभिनेताजस्ता लाग्छन्ः अम्बर गुरुङ

शुक्रबार, १८ मङ्सिर २०७२, १३ : ४०
शुक्रबार, १८ मङ्सिर २०७२
काठमाडौं– ‘लेखकले आफूले चाहेको मात्रै लेख्ने होइन’ वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङले भने, ‘धेरैको भावनाको प्रतिनिधित्व गर्नुपर्छ । त्यसैले चाहेमात्रै लेख्ने होइन ।’ बिहिबार शिल्पी थिएटरमा आयोजित कार्यक्रममा अम्बरले कसरी आफूले वृद्ध उमेरमा पनि वैंशालु युवतीको भावना उतारेर गीत लेखें भन्नेबारे सुनाए । उनले लेखकले धेरै कुरामा अरूको चरित्रमा अभिनय गर्नुपर्ने बताए । ‘त्यस अर्थमा मलाई गायक पनि अभिनेताजस्तै लाग्छन् । अरूको भावनालाई आफ्नो अनुभूति दिएर गाउनुपर्छ’ उनले भने । उनकै रचना र संगीतमा झुमा लिम्बुले गाएको गीतहरूको एल्बम ‘अम्बर संगीत’को ‘पहरामा फूल’ बोलको गीतबारे भने, ‘यो गीतमा युवतीको भावना उतारेको छु । तर मैले आफ्नो बैंसकालमा लेखेको गीतचाहिँ पाको लागेको पनि छ ।’ कार्यक्रममा पहरामा फूल गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै कवि विक्रम सुब्बाले नेपालमा शाश्त्रीय र लोक गीतको संयोजन गर्ने कार्यक्रको सुरूवात अम्बर गुरु¬ङले गरेको बताए । उनले भने, ‘त्यसअघिका संगीतमा कि शाश्त्रीय संगीत थियो, कि त लोकगीतमात्रै । त्यसैले कि भजन गाइन्थ्यो कि लोकगीत । अम्बर गुरुङले दुवै स्वादलाई मिसाइदिए ।’ कार्यक्रम शिल्पी थिएटरको कार्यक्रम ‘इन्टरएक्सन विद लिजेण्ड’अन्तर्गत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप