साढे चौरासी लाख लिटर इन्धन भित्रियो
शुक्रबार, १८ मङ्सिर २०७२, १३ : ५२
दमक– झापाको काँकडभिट्टा नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख लिटर इन्धन भित्रिएको छ ।
भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख ४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भित्रिएको इन्धनमा २४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई इन्धन र दुई लाख ९२ हजार लिटर मट्टितेल रहेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भिम अधिकारीका अनुसार सो नाकाबाट नाकाबन्दीपछि खाना पकाउने एलपी ग्यास १४ लाख ८७ हजार ९४६ किलो भित्रिएको छ । गत असोज ६ गतेदेखि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण