राजविराजमा निषेधाज्ञा हट्यो, भारदह रुपनी र राजमार्गमा कायमै
शुक्रबार, १८ मङ्सिर २०७२, १३ : ५७
सप्तरी– सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ ।
गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाकारी दिए ।
उनका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै रहेको बताउँदै सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका लागि हटाइएको बताइएको छ ।
पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडकखण्डको ५०० मिटरमा पर्ने उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी मङ्सिर ५ र ६ गते सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका परिवारलाई मधेसी मोर्चाले क्रिया खर्चबापत रु २५ हजारका दरले सहयोग गर्ने बताइएको छ ।
राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर पूर्व—पश्चिम राजमार्गको रुपनीमा मृत्यु भएका जोमनी मधेपुरा–९ का नागेश्वर यादवको परिवारलाई क्रिया खर्चबापत रु २५ हजार प्रदान गरिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जनाकारी दिए ।
यस्तै सोही क्रममा भारदहमा मृत्यु भएका डढा–१ का नरेन राम, राजविराज नगरपालिका– १ का दिलीप साह र आन्दोलकै क्रममा करेन्ट लागेर मृत्यु भएका शिवशङ्कर दासको परिवारलाई मधेसी मोर्चा सप्तरीले क्रिया खर्चबापत रु २५ हजारका दरले रकम प्रदान गर्ने निर्णय गरिएको जिल्ला संयोजक सुनिल झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण