बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयोडिन नुनको कृत्रिम आभाव देखाउँदै कालोबजारी

शुक्रबार, १८ मङ्सिर २०७२, १४ : १५
शुक्रबार, १८ मङ्सिर २०७२
लहान–सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आभाव नभए पनि व्यापारीले आयोडिन नुनको कालोबजारी गर्दै आएका छन् । संयुक्त मधेसी मोर्चाको विगत तीन महिनाभन्दा बढी समयदेखि जारी आमहडतालका कारण आयोडिन नुनको आपूर्ति हुन नसकेको भन्दै स्थानीय व्यापारीले आयो नुनको कालोबजारी गर्दै आएका हुन् । सिरहा जिल्लामा आयोडिन नुनको आभाव नभए पनि स्थानीय व्यापारीले नुनको कृत्रिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको उपभोक्ताको गुनासो छ । आयोडिन नुन एककिलो प्याकेटको खुद्रा मूल्य रु २० रहेपनि आमहड्तालका कारण देखाउँदै व्यापारीले अहिले प्रतिप्याकेट रु ४० देखि रु ६० सम्ममा बिक्री गर्दै आएको उपभोक्ताको भनाइ छ । बजारमा आयोडिन नुनको आभाव नभए पनि व्यापारीले नुनको कृत्रिम आभाव देखाएर बढी मूल्यमा बिक्रीवितरण गर्दासमेत बजार अनुगमन हुन सकेको छैन् । यता सिरहा जिल्लामा आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेङ्ङि कर्पोरेसन लहानले सिरहाका विभिन्न बजारमा आयोडिन नुनको भण्डारण रहेको दाबी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पनि अहिले दुईहजार १०० बोरा आयोडिन नुनको स्टक रहेकाले यसपालि नुनको आभाव नहुने साल्ट ट्रेडिङ कर्पोरेसन लहानका प्रमुख जितेन्द्र साहले जानकारी दिए । उनका अनुसार सिरहाको लहानमा दुई हजार बोरा, धनगढीमा एक हजार बोरा, गोलबजारमा पाँचसय बोरा, मिर्चैयामा एक हजार बोरा र सदरमुकाम सिरहामा पाँचसय बोरा नुन स्टकमा रहेको छ । साल्ट ट्रेडिङले जिल्लाको १२ वटा डिलरमार्फत जिल्लामा नुनको बिक्रीवितरण गर्दैआएको प्रमुख साहको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप