सशस्त्र प्रहरीद्वारा चरेस बरामद
शुक्रबार, १८ मङ्सिर २०७२, १४ : १७
वीरगन्ज– सशस्त्र प्रहरीले पर्साको मसिहानी–१ बाट ३५ किलोग्राम प्रतिबन्धित लागुपदार्थ चरेस बरामद गरेको छ । खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरी सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बेसक्याम्प भिखमपुरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति उक्त परिमाणको चरेस बरामद गरेको हो । स्थानीय जङ्गल क्षेत्रवाट चार÷पाँचजनाको समूहमा आएका तस्करलाई शङ्का लागेर सशस्त्र प्रहरीले रोक्न खोज्दा चरेस फालेर उनीहरु फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको चरेस आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको सशस्त्र प्रहरी निरीक्षक शम्भुविक्रम शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण