बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भूकम्पमा भागेका २१६ कैदीमध्ये ७० जना सम्पर्कमा

शुक्रबार, १८ मङ्सिर २०७२, १४ : २२
शुक्रबार, १८ मङ्सिर २०७२
मेलम्ची–गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये ७६ जना मात्र सम्र्पकमा आएका छन् । भूकम्पमा सबै कैदीबन्दी भागेका थिए । जिल्ला कारागारमा २१६ जना कैदीबन्दी रहेको र जसमा १९६ जना पुरुष थिए भने २० जना महिला रहेको कारागारका प्रमुख बलराम आछेथुले जानकारी दिए । दुईसय १६ जना भागेकामध्ये बिहीबारसम्म ७६ जना मात्र सम्पर्कमा आएको आछेथुले बताए । ७६ जनामध्ये कतिपयलाई प्रहरीले पक्राउ गरेका थिए भने कतिपय आफैँ सम्पर्कमा आएका थिए । जसमा ७० पुरुष कैदीबन्दी र सातजना महिला कैदीबन्दी सम्पर्कमा आएको जिल्ला कारागारले जनाएको छ । विनाशकारी भूकम्प गएको सात महिना बितिसक्दा पनि १४० जना कैदीबन्दी अझै फरार छन् । कारागारले पटकपटक सूचना प्रकाशित गर्दा पनि उनीहरु सम्पर्कमा आएका छैनन् । विनाशकारी भूकम्पले कारागार पूर्णरुपमा ध्वस्त भएको थियो । तत्काल निर्माण सम्भव नभएको र पक्राउ परेका कैदीलाई राख्ने ठाउँ नभएकाले तत्काल आठदेखि दश जनालाई जिल्ला प्रहरी कार्यालयमा र विभागको आदेशअनुसार विभिन्न जिल्लामा पठाउने गरेको विभागका प्रमुख आछेथुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप