स्कूल जान्छु भनी हिँडेका बालक एघार दिनदेखि बेपत्ता
शुक्रबार, १८ मङ्सिर २०७२, १५ : ३०
बैतडी–स्कूल जान्छु भनी हिँडेका बैतडी पाटनका एक बालक बेपत्ता भएको एघार दिनसम्म पनि भेट्टिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बेपत्ता हुनेमा पाटन नगरपालिका–९ वसन्तपुरका १२ वर्षीय बालक प्रकाश सिंह बोहरा रहेका छन् । बेपत्ता बालकको खोजीका लागि आएको निवेदनका आधारमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख मोहन पोखरेलले भने, “जिल्लाका सम्पूर्ण प्रहरी चौकीले खोजतलास गरिरहेका छन् ।”
बेपत्ता बालकका बुबा भानसिंह बोहराले बालक मङ्सिर ८ गते बिहान ९ बजे घरबाट हिँडेका बताए । उनले भने, “स्कूल जान्छु भनी हिँडेको हो आजसम्म फर्केको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण