बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विद्यार्थीमा अनौठो रोग देखिन थालेपछि शिक्षक रेखदेखमै व्यस्त

शुक्रबार, १८ मङ्सिर २०७२, १५ : ४०
शुक्रबार, १८ मङ्सिर २०७२
जिरी–दोलखाको विकट श्यामा गाविसको सेतीदेवी प्राथामिक विद्यालयका विद्यार्थीमा अनौठो रोग देखिएको छ । भूकम्पपछि विद्यार्थीमा आफैँ जमिनमा ढल्ने र बेहोस हुने चिच्याउनेजस्ता अनौठो रोगले पीडित बनेका छन् । जमिनमा ढल्नुअघि रोगी विद्यार्थी एकोहोरो हुने, एक सुरमा हिँड्ने, आफ्नो अगाडि भएका सामान फाल्ने, साथीलाई पिट्नेलगायतका लक्षण देखाउने र केहीबेरमा नै बेहोस भएर जमिनमा ढल्ने गरेका छन् । भूकम्पपछि कहिलेकाहीँ मात्र छात्रा ढल्ने गरे पनि पछिल्लो समयमा दिनहुँ चार÷पाँचजना विद्यार्थी बिरामी हुने गरेका छन् । छात्रा विद्यार्थीमा मात्र यस्तो रोग देखिएकामा अहिले छात्रमा पनि यो रोग देखिन थालेको छ । जमिनमा ढलेको करिब चारदेखि पाँच घन्टाको समय पछि मात्र बिरामी विद्यार्थीमा होस खुल्ने गरेको छ । भूकम्पअघि कहिल्यै पनि यस्ता प्रकृतिको रोग विद्यार्थीमा नदेखिएको विद्यालयका प्रधानाध्यापक ङावा शेर्पाले बताए । प्रअ शेर्पाका अनुसार सुरुमा केही विद्यार्थीमा मात्र यो रोग देखिए पनि पछिल्लो समय दिनानुदिन बढ्न थालेको छ । बिरामी विद्यार्थीलाई छोएपछि अरू विद्यार्थीमा पनि यस्तो समस्या देखिन थालेपछि अहिले बिरामी परेको विद्यार्थी ढलेमा कसैले पनि उद्धार नगर्ने गरेका कारण उनीहरु थप विद्यार्थी जोखिममा पर्दै गएका छन् । सरुवा रोगको आशङ्काले विद्यार्थीमा त्रास फैलिएको छ । कति बालबालिका त विद्यालय आउन पनि छाडिसके पढाउनभन्दा पनि बेहोस विद्यार्थीको रेखदेखमा समय लगाउनु पर्दा पठनपाठनमा पर्याप्त समय दिन नसकेको शिक्षकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप