बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तालिवानका वरिष्ठ कमाण्डर मुल्लाह अख्तरको गोली लागी मृत्यु

शुक्रबार, १८ मङ्सिर २०७२, १५ : ४७
शुक्रबार, १८ मङ्सिर २०७२
काबुल– तालिवानका वरिष्ठ कमाण्डर एवम् सो आतङ्ककारी समूहका प्रमुख मुल्लाह अख्तर मन्सुरको मृत्यु भएको छ । गोली लागेर गम्भीर रुपमा घाइते भएका अख्तारको मृत्यु भएको अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् । गत बुधबार उनी आफ्ना लडाकूहरुसँग नै भिडन्तमा परेर घाइते भएका अफगान सरकारले शुक्रबार जानकारी दिएको छ । आफ्नो आन्तरिक विषयमा भएको विवादमा परी उनी र उनका सेनाको विवाद भएको थियो । पछि गोली प्रहारसम्म भएको सरकारी सूचनाले जनाएको छ । भिडन्तमा गम्भीर रुपमा घाइते भएका अख्तरको मृत्यु भएको शुक्रबार अफगान सरकारले सार्वजनिक गरेको हो । तालिवान आतङ्ककारी समूह दुई गुटमा बाँडिएपछि यो घटना भएको जनाइएको छ । पूर्व तालिवान नेता मुल्लाह मोहमद ओमारको मृत्यु भएपछि मुल्लाह अख्तर मन्सुरले उनको स्थान लिन सफल भएका थिए । गत जुलाईको अन्त्यमा ओमारको मृत्यु भएको पुष्टि भएको थियो । त्यसपछि तालिवानले आफ्नो आन्तरिक विधिबाटै उनलाई नेतामा नियुक्त गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप